मंगलबार, चैत १०, २०८२

मकवानपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

मेरोन्यूज २०८१ कार्तिक १९ गते २०:३०

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. प्र. ०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुरको बागमती गाउँपालिका–४ निवासी ४८ वर्षीया गङ्गा पहरीको मृत्यु भएको हो। सोही स्कुटरको ठक्करबाट पहरीका ५ वर्षीय अनुप पहरी घाइते भएका छन्।

ठक्करबाट गम्भीर घाइते गङ्गा पहरीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। घाइते अनुपको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ।

ठक्कर दिने स्कुटर र चालक हेटौंडा उपमहानगरपालिका ६ चौघडा निवासी २६ वर्षीय अनुपकुमार क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। 

प्रतिक्रिया