बागलुङ बस दुर्घटनामा २१ जना घाइते
मेरोन्यूज
२०८१ कार्तिक २१ गते १७:५५

ढोरपाटन (बागलुङ) । बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए।
गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ । हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताए । उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया