उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन काँग्रेसमा छलफल

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ ।
बुधवार पार्टी मुख्यालय सानेपामा महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी पार्टी केन्द्रको तर्फबाट प्रभावकारी भुमिका निर्वाह हुनेगरी जिम्मेवारी बाँडफाँड लगायतको विषयमा छलफल गरेको हो ।
पार्टीका उम्मेदवारहरुलाई विजयी गराउने सन्दर्भमा केन्द्रबाट प्रभावकारी भुमिका निर्वाह गर्नेगरी जिम्मेवारी बाँडफाँड गर्नेलगायतको निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उपनिर्वाचनमा पार्टीका तर्फबाट उठेका उम्मेदवारहरुलाई विजयी गराउने जिम्मेवारी पूरा गर्नका लागि स्थानीय तहले खेल्ने भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा नेताहरुले जोड दिएका थिए ।
पार्टी प्रवक्ता महतले भने– ‘स्थानीय तहमा जुन निर्वाचनहरु हुन गईराखेको छ उपनिर्वाचन । त्यो सन्दर्भमा पार्टीले एउटा समिति बनाएको छ कि देशभर जहाँजहाँ निर्वाचन हुँदैछ । निर्वाचन हुने ठाउँहरुको स्थिति के छ ? र त्यसमा कसरी पार्टीले प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवारी पूरा गर्नसक्छ ? उम्मेदवारहरु जिताउने सन्दर्भमा । साथसाथै केन्द्रको तहबाट यद्यपि स्थानीय निर्वाचन भएको हुनाले स्थानीय तहको हाम्रो पार्टीको जुन संरचना छ । उहाँहरुको अहम भुमिका हुन्छ । तापनि केन्द्रको तहबाट समन्वय गर्नुपर्ने विषयबस्तुहरु हुन्छ । केन्द्रको तर्फबाट पूरा गर्नुपर्ने जिम्मेवारीहरु कसरी पूरा गर्ने भन्ने सन्दर्भमा छलफल भयो । र, विभिन्न जिम्मेवारीहरु पनि बाँडफाँड गरियो ।’
मंसिर १६ गते हुने उपनिर्वाचनमा लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।
नेपाली काँग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि गठित महामन्त्री शर्मा संयोजकत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्दिय सदस्यहरु पुष्पा भुसाल, मिन विश्वकर्मा, मधु आचार्य र सदस्य सचिवमा प्रकाश शर्मा रहेका छन् ।

















परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै
गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
EC receives 66 complaints of code of conduct violation
सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना परिचालन
झापाबाट जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया