कोशी माओवादीले भन्यो : मन्त्री नै मानव तस्करीमा मुछिँदा प्रदेशबासीको शिर निहुरियो

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दल कोशीले निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण प्रकरणका विषयमा छानबिन गर्न माग गरेको छ ।
माओवादीले सो प्रकरण मानव तस्करी तथा सरकारी कागजात किर्तेलगायतको विषयमा जोडिएको भन्दै गम्भीर छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराएको छ ।
माओवादी कोशी प्रदेश संसदीय दलका सचेतक गीता तिमल्सिनाले विज्ञप्ति जारी गर्दै भ्रमणपछि आएको र त्यससँग सम्बन्धित सार्वजनिक भएका विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । विज्ञप्तिमा कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशबासीको शिर निहुरिएको उल्लेख छ ।
विज्ञप्तिमा जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रियासमेत पूरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री प्रदेश सरकार कसरी बेखबर रहे ? मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरूको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरू जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय रहेको उल्लेख छ ।
तिमल्सिनाले सो घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक भएको भन्दै राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशंका बढेको बताएकी छन् ।


















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया