नेपालगन्ज-१ का सबै कर्मचारीलाई कोरोना पुष्टि, अनिश्चितकालका लागि कार्यालय बन्द
मेरोन्यूज
२०७८ वैशाख ७ गते १४:२७

बाकेँ । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
वडा कार्यालयमा कार्यरत ६ जनामा कोराना संक्रमण पुष्टि भएपछि परिस्थितिअनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गर्ने वडाअध्यक्ष प्रमोद रिजालले बताए ।
वडाअध्यक्ष रिजालका अनुसार कार्यालय प्रमुख, वडा सचिव, लेखापाल, प्राविधिक, अनमी, सहजकर्ता लगायतका कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।
सोमबार आएको पीसीआर रिपोर्टमा तीन जना र आइतबार आएको रिपोर्टमा तीन जनामा कोरोना पुष्टि भएको वडाअध्यक्ष रिमालले बताए ।
वडाअध्क्ष रिमालका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित
















कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया