भारी वर्षाका कारण जापानमा आपतकालीन चेतावनी जारी
मेरोन्यूज
२०८१ कार्तिक २४ गते १५:०५

जापानी मौसम विज्ञान विभागले कागोसिमा र ओकिनावामा भारी वर्षाको कारण देखाउदै शनिबार आपतकालीन चेतावनी जारी गरेको छ । जसमा बाढी पहिरोलगाएतका जोखिमको सम्भावना उल्लेख गर्दै अधिकतम सावधानी अपनाउन आवाह्नन गरिएको छ ।
विभाग अनुसार प्रतिकुल मौसमले कागोसिमाको योरोन सहर ओकिनावा प्रान्तमा अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्दा भारी वर्षा भएको हो ।
योरोनमा, २४– घन्टामा ५९४ मिमी बर्षा भएको छ जुन सन् १९७८ मा डाटा सङ्कलन सुरु भए देखिको सबैभन्दा बढी हो ।
ओकिनावाको हिगाशी गाउँमा २४ घण्टामा ४४२ मिमीको वर्षा रेकर्ड भएको जनाउदै स्थानीय अधिकारीहरूले बाढी प्रभावित क्षेत्रमा पहिरोको जोखिम रहेको रिपोर्ट गरेका छन् भने साँझसम्म गम्भीर वर्षा हुने अनुमान गरिएको छ ।
यस क्षेत्रकाका बासिन्दाहरूलाई सम्भावित बाढी–पहिरो र नदीको बढ्दो स्तरका लागि सतर्क रहन सुचित गरिएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया