खाद्य कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चन्द
मेरोन्यूज
२०७८ वैशाख ७ गते १५:०४

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ ।
गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि चन्दलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयानुसार चन्दले गत बिहीबार नै प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरिसकेका छन् ।
विसं २०७४ असोजमा डा शिवहरि श्रेष्ठको कार्यकाल सकिएपछि कम्पनीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक सिइओका रुपमा रहँदै आएका थिए । कैलालीका चन्द तत्कालीन खाद्य संस्थानका नवौँ तहबाट अवकाशप्राप्त कर्मचारी हुन् ।
––– रासस
सम्बन्धित
















नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया