दक्षिण सुडानमा बाढीका कारण १४ लाख मानिस प्रभावित

दक्षिण सुडानमा आएको विनाशकारी बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् । दक्षिण सुडानमा आएको पछिल्लो प्राकृतिक प्रकोप (बाढी) का कारण १४ लाख व्यक्ति प्रभावित भएका र तीन लाख ७९ हजारभन्दा बढी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विश्वको सबैभन्दा ‘कान्छो देश’ को मुख्यतः उत्तरी क्षेत्र दशकौँ यताकै सबैभन्दा खराब बाढीको चपेटामा परेको सहायता एजेन्सीहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार दक्षिण सुडान र सुडान दुवैले दाबी गर्दै आएको ४३ वटा काउन्टी र विवादित अबेई क्षेत्रमा आएको बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् ।
“२२ वटा काउन्टी र अबेईमा तीन लाख ७९ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्,” राष्ट्रसङ्घले शुक्रबार राति जारी विज्ञप्तिमा भनिएको छ।
“बाढीका कारण ‘स्वास्थ्य प्रणालीलाई भारी असर पारेको छ र बाढी प्रभावित क्षेत्रहरूमा स्थिति र प्रभावलाई अझ बढावा दिएको र औलोको प्रकोप बढेको रिपोर्ट गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया