युक्रेनद्वारा मस्कोमा आक्रमण, ३४ वटा ड्रोन खसालेको रूसको दावी

युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण गरेको छ । रूसले युक्रेनद्वारा प्रहार गरिएका ३४ वटा ड्रोन आफ्नो हवाइ रक्षा प्रणालीले खसालिदिएको बताएको छ ।
आक्रमणलाई रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेयताको सबैभन्दा ठूलो आक्रमण भनेको छ ।
मस्कोका तीन वटा विमानस्थल अस्थायी रुपमा बन्द गर्न बाध्य पारिएको उक्त आक्रमणमा ५२ वर्षीया एक महिला घाइते हुनुका साथै मस्को क्षेत्रको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको अधिकारीहरूले बताएका छन् ।
युद्धमा युक्रेनको राजधानी किएभमा रूसद्वारा व्यापक ड्रोन र क्षेप्यास्त्र आक्रमण हुने गरेको भए पनि मस्कोमा भने कम आक्रमण हुने गरेको छ ।
युक्रेनी ड्रोनलाई ग्रीनविच समय अनुसार ४ः०० देखि ७ः०० बीचमा छ वटा क्षेत्रमा खसालेको रूसको हवाई रक्षा मन्त्रालयले जनाएको छ ।
मस्को क्षेत्रमा ३४ र ब्रायन्स्क, ओर्लोभ, कालुगा, तुला र कुस्र्कमा पनि सोही सङ्ख्यामा ड्रोन आक्रमण भएको रूसले पुष्टि गरेको छ ।
मस्को क्षेत्रका स्थानीय अधिकारीले रामेन्सकोय, कोलोम्ना र डोमोडेडोभो क्षेत्रमा ड्रोन खसालेको बताएका छन् ।
रुसी सञ्चारमाध्यमले अनलाइनमा सार्वजनिक गरेको भिडियोमा रामेन्सकोय जिल्लामा रहेको एक घरमा आगो लागेको देखिएको छ ।
गत सेप्टेम्बरमा मस्को नजिकै व्यापकरूपमा भएको अर्को ठूलो ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको थियो । द्वन्द्व सुरु भएयता राजधानी नजिकै युक्रेनी आक्रमणमा मृत्यु भएको त्यो पहिलो घटना थियो ।
सन् २०२३ को मे महिनामा क्रेमलिन नजिकै दुईवटा ड्रोन नष्ट गरिएको थियो भने सोही वर्ष मस्को सिटीको व्यापारिक क्षेत्रमा थुप्रै ड्रोन आक्रमण भएका थिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया