विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
मेरोन्यूज
२०८१ कार्तिक २६ गते १५:३५

काठमाडौँ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका ६५७ विद्यार्थीलाई दीक्षित गरेका छन् ।
प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहमा सोमबार प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।
प्रतिष्ठानका सन् २०१० देखि २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरूलाई कुलपति ओलीले दीक्षित गरेका हुन् ।
भारतका शिक्षाविद् प्रा डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए ।
कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरूलाई वितरण गरिएको थियाे ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया