युक्रेनको सैन्य हेलिकप्टर अपहरण प्रयास रोकेको रूसको दावी

रूसले सोमबार युक्रेनको सैन्य गुप्तचरले रूसी एमआई–डएमटिपीआर–१ इलेक्ट्रोनिक युद्ध हेलिकप्टर अपहरण गर्ने प्रयासलाई रोकेको जनाएको छ ।
युक्रेनी सैन्य गुप्तचर अधिकारीहरूले यो हेलिकप्टरलाई युक्रेनी सशस्त्र बलद्वारा नियन्त्रित क्षेत्रमा सार्न रूसी सैन्य पाइलट भर्ती गर्ने प्रयाससमेत गरेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) सुरक्षा एजेन्सीले जनाएको छ ।
घटनाको स्पष्ट मिति उल्लेख नगरिएको भएता पनि अपरेसनको क्रममा प्राप्त गुप्तचरले युक्रेनी स्थानहरूमा आक्रमण गर्न अनुमति दिएको बताएको छ ।
रूसी समाचार एजेन्सी आरआईए नोभोस्तीले एफएसबीलाई उद्धृत गर्दै पाइलटलाई किभ सुरक्षा सेवाले सम्पर्क गरेको जनाइएको छ ।
गत जुलाईमा, एफएसबीले आर्थिक पुरस्कार र इटालियन नागरिकताको बदलामा ‘रूसी सैन्य पाइलट’ को सहभागितामा उक्त प्रयासलाई रोकेको दाबी गरेको थियो ।
सन् २०२३ को गर्मीमा युक्रेनले द्वन्द्वको विरोध गर्ने रूसी हेलिकप्टर पाइलट म्याक्सिम कुजमिनोभलाई भर्ती गरेको थियो । जसको सन् २०२४ को सुरुमा स्पेनमा मृत्यु भएको जनाइएको छ ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया