महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी

भक्तपुर । यहाँस्थित जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र महामारीजन्य रोगको तथ्याङ्क संकलन तथा अद्यावधिक नगरेको पाइएको छ । कार्यालयले यस्ता तथ्याङ्क सङ्कलन, अनुगमनदेखि महामारी रोकथामका काम गर्नुपर्नेमा उक्त गतिविधि नगरेको पाइएको हो ।
कार्यालयले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर डेङ्गीको उच्च जोखिममा परेको जनाएको छ । तर जोखिमको अवस्था, बिरामीको सङ्ख्या, रोकथामबारे प्रश्न गर्दा भने जवाफ प्राप्त हुन सकेन ।
जिल्ला जनस्वास्थ्य प्रमुख शान्तिराम खतिवडाले पत्रकार सम्मेलनमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा परीक्षण नै नगर्ने डेङ्गीका बिरामी धेरै रहेको अनुमान गरे। उनले कतिपयले निजी अस्पताल एवं क्लिनिकमा डेङ्गी परीक्षण गर्नेहरुको तथ्याङ्क मात्रै कार्यालयसँग रहेको र अन्य तथ्याङ्क कार्यालयसँग नरहेको बताए ।
उनले भने, “समुदायको लापरबाहीले डेङ्गीको जोखिम बढेको छ, समुदायले आफ्नो टोल सफा राख्न सकेन, महामारी फैलियो ।” प्रमुख खतिवडाले लामखुट्टे नियन्त्रण प्रभावकारी नहुँदा रोग नियन्त्रणमा नआएको बताए ।
उनले डेङ्गी किटको शुल्क बढी लिएर परीक्षण गर्ने स्वास्थ्य सस्ंथाले जनस्वास्थ्य कार्यालयसँग तथ्याङ्क लुकाउन खोज्दा सङ्क्रमितको यथार्थ तथ्याङ्क प्राप्त नभएको बताए । पत्रकार सम्मेलनमा भक्तपुर डेङ्गीको उच्च जोखिममा रहेको तर यसबारे कार्यालयले जानकारी लिन नसकेको कार्यालयका अधिकृत दीपक अच्छामीले बताए।
उनले भने, “जिल्लाका चार वटा नगरपालिकामध्ये भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा डेङगीकोे उच्च जोखिम छ, भक्तपुरमा हालसम्म एक हजार सात सय २९ जनामा डेङ्गी देखिएको जानकारी कार्यालयलाई आएको छ तर त्यसको तेब्बर व्यक्ति सङ्क्रमित रहेको अनुमान छ ।”
सरकारी अस्पतालबाट प्राप्त तथ्याङ्कअनुसार भक्तपुर नगरपालिकामा सात सय ८२, मध्यपुरथिमिमा चार सय ७७, सूर्यविनायकमा दुई सय ५५ र चाँगुनारायणमा ६९ जना डेङ्गी सङ्क्रमित छन् । तर यो तथ्याङ्क वास्तविक नभएको कार्यालयका अधिकृत अछामीको भनाइ छ ।

















प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
One dies in motorcycle accident
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया