गाजामा भएको इजरायली हमलामा ३ जना प्यालेस्टिनीको मृत्यु

काठमाडौँ ।गाजा सहरको पूर्वमा रहेको सुजयिया र उत्तरी गाजा पट्टीमा गरिएको इजरायली कारबाहीमा बुधबार तीन जना प्यालेस्टिनीको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
गाजाका चिकित्सा स्रोतले गाजा सहरको पूर्वमा रहेको सुजैयामा गरिएको आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको रिपोर्ट गरेको छ ।
उत्तरी गाजा पट्टीमा भएको इजरायली बम विष्फोटमा अल–तुफाह स्पोर्ट्स क्लबका खेलाडी, इयाद अबु खातेरको पनि मत्यु भएको स्रोतले जनाएको छ ।
यसैबीच, बेत लाहियाको अल–मन्सिया छिमेकमा एक परिवारलाई लक्षित गरेको बम विस्फोटमा धेरै प्यालेस्टिनीहरू घाइते भएका छन् ।
सेनाले गाजा पट्टीको उत्तरमा जबालियामा आवासीय भवनहरू पनि खाली गराएका छन्् भने गाजा सहरको उत्तरी क्षेत्रलाई लक्षित गरी छापा मारेको छ ।
सन् २ं०२३ अक्टोबर देखि गाजा पट्टीमा इजरायली आक्रमणमा परी अहिलेसम्म ४३ हजार ६६५ मानिसको मत्यु हुनुका साथै एक लाख तीन हजार ७६ जना घाइते भएको आपतकालीन र नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया