गाजामा भएको इजरायली हमलामा ३ जना प्यालेस्टिनीको मृत्यु

काठमाडौँ ।गाजा सहरको पूर्वमा रहेको सुजयिया र उत्तरी गाजा पट्टीमा गरिएको इजरायली कारबाहीमा बुधबार तीन जना प्यालेस्टिनीको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
गाजाका चिकित्सा स्रोतले गाजा सहरको पूर्वमा रहेको सुजैयामा गरिएको आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको रिपोर्ट गरेको छ ।
उत्तरी गाजा पट्टीमा भएको इजरायली बम विष्फोटमा अल–तुफाह स्पोर्ट्स क्लबका खेलाडी, इयाद अबु खातेरको पनि मत्यु भएको स्रोतले जनाएको छ ।
यसैबीच, बेत लाहियाको अल–मन्सिया छिमेकमा एक परिवारलाई लक्षित गरेको बम विस्फोटमा धेरै प्यालेस्टिनीहरू घाइते भएका छन् ।
सेनाले गाजा पट्टीको उत्तरमा जबालियामा आवासीय भवनहरू पनि खाली गराएका छन्् भने गाजा सहरको उत्तरी क्षेत्रलाई लक्षित गरी छापा मारेको छ ।
सन् २ं०२३ अक्टोबर देखि गाजा पट्टीमा इजरायली आक्रमणमा परी अहिलेसम्म ४३ हजार ६६५ मानिसको मत्यु हुनुका साथै एक लाख तीन हजार ७६ जना घाइते भएको आपतकालीन र नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।












EU urges calm, restraint to avoid escalation in Venezuela
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
59 days left for HoR election: EC appoints Chief Returning Officers, Returning Officers
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया