शुक्रबार, पुष १८, २०८२

भारतको मेडिकल कलेजमा आगलागी: १० नवजात शिशुको मृत्यु, १६ गम्भीर घाइते

मेरोन्यूज २०८१ मंसिर १ गते १२:२७

भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार बताएका छन् ।

अधिकारीका अनुसार शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो ।

घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा पर्खालहरू देखिएका थिए भने आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका थिए । यसै गरी आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो ।

प्रतिक्रिया