श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ।
एमालेका महासचिव शङ्कर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै संसदीय निर्वाचनमा एनपिपी पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय तथा आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
बिहीबार (यही १४ नोभेम्बर)मा भएको निर्वाचनमा एनपिपी पार्टीले दुई सय २५ स्थानमध्ये एक सय ५९ स्थानमा जीत हासिल गरेको थियो।उनले जनताले रोजेको यस विकल्पलाई सही रुपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना दिएका छन्।
राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक सङ्कटविरुद्ध दुई वर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि ९२१ सेप्टेम्बर,२०२४० मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमारदेशनायकेको विजय भएका थिए।
“हालै कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र विश्वास हासिल गरेर राजनीतिक, सामाजिक एवं आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदनभण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको हाम्रो पार्टी श्रीलङ्कामा हालै भएको निर्वाचन नतिजाप्रति खुसी प्रकट गर्दछ”,विज्ञप्तिमा भनिएको छ।

















NC emerges as university of politics: General Secretary Paudel
काठमाडौँ- ५ मा प्रमुख दलका नेताकै बढी चर्चा
इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट
कांग्रेस अनुशासन समितिको बैठक आह्वान
10 Killed in Armed Attacks in Burkina Faso
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
प्रतिक्रिया