मंगलबार, जेठ ६, २०८२

गुल्मी मुसिकोट १ मा ८ जना प्रतिस्पर्धामा

मेरोन्यूज २०८१ मंसिर ३ गते ७:००

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर १ को वडाअध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । ५ राजनीतिक दल र ३ स्वतन्त्र गरी ८ उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा मुसिकोट नगरपालिकामा रिक्त वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ र नेकपा एमालेबाट दलबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै माओवादी केन्द्रबाट दुर्गाबहादुर वि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्रीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।वडामा ४ हजार ५१ जना मतदाता छन् ।

प्रतिक्रिया