चिनियाँ र पाकिस्तानी सेनाले आतङ्कवाद विरोधी संयुक्त अभ्यास गर्ने
मेरोन्यूज
२०८१ मंसिर ४ गते १९:४३

चिनियाँ जनमुक्ति सेनाको पश्चिमी कमान्डले नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म संयुक्त आतङ्कवाद विरोधी अभ्यासमा भाग लिन पाकिस्तानमा सेना पठाउने चिनियाँ रक्षा मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ ।
“योद्धा–ख्क्ष्क्ष्क्ष्” कोड गरिएको यो अभ्यास आतङ्कवाद विरोधी अपरेसनहरूमा केन्द्रित हुने जनाइएको छ । दुवै पक्ष बहु–स्तरीय तथा मिश्रित प्रशिक्षणमा संलग्न भई वास्तविक लडाई प्रक्रिया अनुसार प्रत्यक्ष सैन्य अभ्यास आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।
यो चिनियाँ र पाकिस्तानी सेनाहरू बीचको श्रृंखलाको आठौं संयुक्त अभ्यास हो, जसको उद्देश्य व्यावहारिक आदानप्रदान र सहयोगलाई सुदृढ बनाई संयुक्त आतंकवाद विरोधी अपरेसनहरू सञ्चालन गर्ने क्षमता बढाउनु रहेको छ ।
यस अघि यस शृङ्खलाको अन्तिम संयुक्त अभ्यास सन् २०१९मा भएको थियो ।
सम्बन्धित
















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया