सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबिच व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत इन्भेष्टमेन्ट प्रा.लिबिच आज व्यवसायिक सम्झौता भएको छ ।
कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने ब्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
घर/जग्गाा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागि अधिकतम कर्जा रकम रु २ करोडसम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याज दर ९.९९% तोकिएको पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने ब्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
बैंकले आम ग्राहक महानुभावहरुलाई घर/जग्गाा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडांै क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्ट प्रा.लिको तर्फबाट कार्यकारी निर्देशक पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरे ।
यस सम्झौताले आम ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया