पाकिस्तानको उत्तरपश्चिममा आक्रमण, एकैदिन २० जनाको मृत्यु

उत्तर–पश्चिम पाकिस्तानमा भएको एक आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु भएको सैन्य निकायले बुधबार बताएको छ । यो अफगानिस्तान सीमा क्षेत्रमा भएको अर्को झडपमा आठ जनाको मृत्यु भएपछिको घटना हो ।
आत्मघाती विस्फोट मङ्गलबार भएको थियो र यसमा ‘मातृभूमिका १२ बहादुर छोरा’ को मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको छ ।
पहाडी खैबर पख्तुनख्वा प्रान्तको बन्नुमा आत्मघाती आक्रमण हुनुअघि उनीहरू र सैनिकहरूबीच भएको गोली हानाहानमा छ आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।
“चौकीमा प्रवेश गर्ने प्रयासलाई आफ्नै सेनाले प्रभावकारी रूपमा विफल बनायो, जसले (उग्रवादीहरूलाई) विस्फोटक भरिएको सवारी साधन चौकीको परिधि पर्खालमा ठोक्काउन बाध्य पा¥यो”, विज्ञप्तिमा उल्लेख छ ।
पाकिस्तानी तालिबान हाफिज गुलबहादुर सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले एक बयानमा ‘आफ्नो दुःख’ र ‘आतङ्कवादको अभिशापलाई पूर्ण रूपमा उन्मूलन गर्ने आफ्नो सङ्कल्प’ व्यक्त गर्नुभयो । गृहमन्त्री मोहसिन नकवीले आक्रमणको निन्दा गर्नुभयो ।
नाम नछाप्ने सर्तमा कुरा गर्ने एक गुप्तचर अधिकारीका अनुसार खैबर पख्तुनख्वामा भएको अर्को आक्रमणको २४ घन्टाभन्दा कम समयमा बम विस्फोट भएको थियो ।
सोमबार भएको त्यो झडप घन्टौँसम्म चलेको थियो । प्रान्तको तिराह क्षेत्रमा आठ सैनिक र नौ उग्रवादीको मृत्यु भएको ती अधिकारीले बताए ।
पाकिस्तानी तालिबान भनेर पनि चिनिने तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले पछि उक्त आक्रमणको जिम्मेवारी लिएको थियो र सुरक्षा बलले आफ्ना एकजना लडाकूलाई लक्षित गरेको खोजीको जवाफमा उक्त आक्रमण भएको बताएको थियो ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया