अफगानी किशोरीलाई ‘किड्स राइट्स प्राइज’ पुरस्कार

काठमाडौं । अफगानिस्तानमा तीन वर्षअघि तालिबान समूह सत्तामा फर्किएपछि बाँच्न सफल भएकी एक किशोरीले महिला अधिकारका लागि लडेको भन्दै मङ्गलबार प्रतिष्ठित ‘किड्स राइट्स प्राइज’ द्वारा सम्मानित गरिएको छ ।
आयोजकले एम्स्टर्डममा आयोजित कार्यक्रममा मानव अधिकारकर्मी तथा वातावरण कार्यकर्ता १७ वर्षीया नीला इब्राहिमीलाई ‘किड्स राइट्स प्राइज’ द्वारा सम्मानित गरिएको जानकारी गराएको थियो ।
क्यानाडामा बस्दै आएकी इब्राहिमी आफ्नो देशमा बालिका र महिलाको अधिकारका लागि लडिरहेकी साहसी बालिका भएको आयोजकले बताएको छ ।
बाल अधिकारका लागि काम गर्दै आएको किड्सराइट्स फाउन्डेसनले भनेको छ, “अनलाइनमा भाइरल भएको शक्तिशाली विरोध गीत रेकर्ड गरेपछि उनले अन्य अफगानी केटीहरूलाई आफ्नो अधिकारको लागि जोड दिन र विश्वव्यापी कार्यक्रमहरूमा सार्वजनिक भाषण र वकालतको माध्यमबाट उनीहरूले सामना गर्नुपरेको अन्यायको विरुद्ध खडा हुन प्रेरित गरिरहनुभएको छ।”
सन् २०२१ को अगष्टमा अमेरिकी नेतृत्वको सेना फिर्ता भएको र सत्तामा फर्किएपछि तालिवान अधिकारीहरूले इस्लामी कानुनको कठोर व्याख्या लागू गरेका छन् ।
अहिले अफगानिस्तानमा महिला र केटीहरू प्राथमिक विद्यालय भन्दा बाहिर अध्ययन गर्न, पार्क, जिम वा ब्यूटी सैलूनमा जान सक्दैनन् । उनीहरू केवल पुरुष सहयोगीको साथ आफ्नो घर छोड्न सल्लाह दिइन्छ ।
अफगानिस्तानमा लागु भएको हालैको एक नैतिकतासम्बन्धी कानूनले पनि महिलाहरूलाई सार्वजनिक रूपमा अधिकारका कुरा गर्न प्रतिबन्ध लगाएको छ ।
संयुक्त राष्ट्रसङ्घले यस स्थितिलाई ‘लैङ्गिक विभेद’ को संज्ञा दिएको छ, तर तालिबान सरकारले राष्ट्रसङ्घको यस्तो चिन्तालाई ‘निराधार र केही भागेका महिलाहरूको भनाइमा आधारित प्रोपोगान्डा भन्ने गरेको छ ।
“अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार जित्नुको अर्थ अफगानी महिला र बालिकाको आवाज विश्वभरि गुञ्जिनेछ,” पुरस्कारबाट सम्मानित भएपछि इब्राहिमीले भनिन् ।
“हामी सबैले उनीहरूलाई सबैभन्दा अँध्यारो समयमा पनि शक्ति र आशा दिइरहनुपर्छ,” पुरस्कार ग्रहणपछि उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
इब्राहिमीले गत वर्ष अफगानिस्तानमा तचालिवान सरकारको स्थापना र तत्कालिन सरकारको पतनपछि पाँच दिन लगाएर आफ्नो परिवार कसरी भागेर पाकिस्तान पुगे भन्नेबारे दिएको जानकारीले विश्वको ध्यान उनीप्रति तानेको थियो । उनी अहिले क्यानडामा बस्छिन् ।
गत वर्ष जेनेभामा आयोजित मानव अधिकार शिखर सम्मेलनमा उनले भनेकी थिइन्, “म आफ्नो नयाँ घरमा सुरक्षित महसुस गरिरहेकी छु, तर हरेक दिन म अफगानिस्तानमा छोडिएका ती किशोरीहरूको बारेमा सोच्छु।”
इब्राहिमीलाई ४७ देशका १ सय ६५ मनोनयनबाट छानिएको थियो र उनलाई नोबेल पुरस्कार विजेता यमनी पत्रकार तवाक्कोल कर्मनले ‘किड्स राइट्स प्राइज’ पुरस्कारद्वारा प्रदान गरेका हुन् ।
















यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया