स्वर्गीय कांग्रेस नेता जोशीले सुरु गरेको कोभिड १९ घर दैलो अभियानलाई परिवारले दियो निरन्तरता

काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीले सुरु गरेको कोभिड १९ घर दैलो अभियानलाई परिवारले निरन्तरता दिएको छ । बुधबार उनको परिवारले स्वायम्भुनाथ मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी अभियानलाई निरन्तरता दिएको हो ।
मुलुकमा कोरोना महामारी बढ्दै गएको बेला जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामाग्री सहित घरदैलो अभियान संचालन गरेका थिए ।
नेता जोशीको महिना दिनपछि धर्मपत्नी सपना जोशीले आफ्नो श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई जारी राखेकी हुन् ।
अभियान कुनै राजनीतिक नभएर विशुद्ध समाजसेवा रहेको उनले स्पष्ट पारेकी छन् ।

जोशीको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमीका रहेको र बाँकी जीवन उनको सपना पुरा गर्नमा समर्पित हुने धर्मपत्नी सपनाको भनाइ छ । बिहिबार स्वयम्भु मन्दिर आसपासमा १५ सय मास्क तथा केही थान सेनीटाइजर वितरण गरिएको छ । जोशीको अभियानले निरन्तरता पाउने भएपछि स्थानीय पनि खुसी छन् ।

यस अघि नेता जोशीको पहलमा कोरोना विरामीलाई विर र टिचिङ अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत मिलाइएको थियो । नेता जोशीको मस्तिष्कघात भइ गत चैत १३ गते उपचारका क्रममा निधन भएको थियो ।















रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र
अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया