बयान सकेर पूर्वडीआईजी जोशीलाई पोखरा फर्काइयो, रविलाई ल्याइँदै
मेरोन्यूज
२०८१ मंसिर ७ गते १६:४६

काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।
मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता पठाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भोलि (शनिबार) काठमाडौं ल्याउने तयारी गरीएको छ ।
लामिछानेलाई शनिबार साँझ काठमाडौं ल्याएर आइतबारबाट बयान लिने तयारी रहेको जिल्ला प्रहरी परिसरले जानकारी दियो ।
सम्बन्धित
प्रतिक्रिया