हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

हुम्ला। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ । यही मङ्सिर ६ गतेदेखि सुरु भएको कार्यक्रम मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा जिल्लाका १२ वर्ष उमेर माथिका, खोप लगाउन छुटेकालाई जनस्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मी वडावडामा गएर खोप लगाउने जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अहेव राजु रावतले जानकारी दिए । उनले तीन जना स्वास्थ्यकर्मीसहित प्रत्येक वडामा स्वयंसेविका परिचालन गरिएको बताए ।
हवाई टिकट नपाउँदा यात्रु अलपत्र
जिल्लामा बाहिरबाट आएका कर्मचारी तथा विद्यार्थीहरु हवाई टिकट नपाएपछि सिमकोट उड्डयन कार्यालयमा अलपत्र परेका छन् । सीता एयरलाइन्सले तीन उडान गरे पनि चाडपर्वमा गृह जिल्ला आएकाहरु गन्तव्यतर्फ फर्कन थालेपछि हवाई टिकट अभाव भएको हो ।
नाम्खा गाउँपालिका–६ यारी घर भई उपचारका लागि काठमाडौं जान लगोका रिङ्जिन लामाले सात दिनसम्म कुर्दा पनि टिकट नपाएको गुनासो गरे ।













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया