भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता

काठमाडौँ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबिच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन तथा सहकार्य गर्न सम्झौता सम्पन्न भएको छ।
यस समझौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ् स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ । भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ । जहाँ सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ।
यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भने कार्बन उत्सर्जनलाई पनि कम गर्नेछ। रिन्यु होल्डिङ्स र भाटभटेनी सुपरमार्केट दुवै संस्थाहरूले भविष्यमा पनि आपसी सहकार्य र राष्ट्रिय ऊर्जा लक्ष्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया