ऋषभले केहीबेरमै ताेडे श्रेयस अय्यरकाे रेकर्ड, बने आइपीएलकै सबैभन्दा महंगा खेलाडी
मेरोन्यूज
२०८१ मंसिर ९ गते १७:३०

काठमाडौं । भारतीय खेलाडी ऋषभ पन्त आइपीएल इतिहासकै सबैभन्दा महंगा खेलाडी बनेका छन् ।
केहिबेरअघि मात्रै श्रेयस अय्यर महंगा खेलाडी बनेकामा फेरि रेकर्ड तोडिएको हो ।
आज जारी मेगा अक्सनमा अय्यरलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारूमा टोलीमा भित्र्याएको थियो। त्यसलगत्तै लखनउ सुपर जायन्ट्सले ऋषभ पन्तलाई २७ करोड भारुमा किनेपछि यो रेकर्ड तोडिएको हो ।
यसअघि आइपिएलका महँगा खेलाडी अस्ट्रेलियाका माचेल स्टार्क थिए। उनलाई सन् २०२४ को अक्सनमा कोलकता नाइटराइडर्सले २४ करोड ७५ लाख भारूमा टोलीमा आबद्ध गरेको थियो।
सम्बन्धित
प्रतिक्रिया