शान्ति वार्ता चलिरहँदा इजरायली आक्रमण जारी

जेरुसेलम । अहिले अमेरिकी मध्यस्थतामा मध्यपूर्वका युद्ध विरामको सम्भावना बढ्दै गर्दा इजरायलको आक्रमण भने जारी छ। गएको २४ घण्टामा लेबनानमा भएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ।
गाजामा समस्या अझ थपिएको छ। हावा र हुरीको कारणले विस्थापितका १० हजार पाल पनि नासिएका छन्। यसरी पाल भत्किएपछि त्यहाँको दर्दनाक दृश्य बाहिर आउन थालेका छन्। यसैबिच विश्व स्वास्थ्य सङ्गठनले इजरायलले उत्तरमा रहेको कमल आडवा अस्पतालमा गरेको आक्रमणको निन्दा गरेको छ।
समाचारका अनुसार पछिल्लो समय इजरायली क्याबिनेटमा युद्ध विरामका बारे छलफल भएको छ। अहिलेको वार्ताको विषय संयुक्त राष्ट्र सङ्घीय रिसोलुसन १७०१ सँग सम्बन्धित छ।
यस अनुसार हिजबुल्लाहले लेबनानको लिटानी नदीको उत्तरबाट सेना हटाउनुपर्ने छ। यसैगरी त्यसबाट दक्षिणी भागमा लेबनानी सेना रहन सक्ने छन्। यसबाट इजरायलको सुरक्षामा कुनै खतरा हुने छैन।
युद्ध विरामअघि बढी रहेको समयमा अन्तर्राष्ट्रिय अपराध अदालतले जारी गरेको इजरायली प्रधानमन्त्री बेन्जानिम नेतान्याहु र पूर्व रक्षा मन्त्री युसुफ गालान्टको वारेन्ट पत्रका बारे छलफल हुन नै बाँकी छ। फ्रान्स लगायत देशले त्यसको समर्थन गरी सकेका छन्। अहिलेको वार्ता भने अमेरिकी दूत र इजरायलको पक्षमा भइरहेको छ । यसपछि नै साउदै अरेबियाको पनि मध्यस्थतामा वार्ता हुने जनाइएको छ।
सोमबार संयुक्त राष्ट्र सङ्घका लागि इजरायली राजदूत डेनी डानोनले पनि वार्ताको धेरै नजिक पुगिसकेको जनाएका छन्।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया