गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

गोरखा। यहाँको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।
गाउँपालिका भित्रका नागरिकलाई आँखाको उपचारका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले सोमबारदेखि गाउँपालिका–५ स्थित बगुवा स्वास्थ्य चौकीको भवनबाट आँखा उपचार केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
गाउँपालिकाले लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा आँखा उपचार केन्द्रको शुभारम्भ गरेको हो । “सेवा केन्द्र सञ्चालनमा आएसँगै अब पालिकावासीहरु आँखाको उपचारका लागि अन्त जानु पर्दैन,” अध्यक्ष बन्जराले भने, ‘‘आँखाको उपचार सहज रुपमा उपलब्ध गराउने नीति अनुरूप गाउँपालिकाले चालु आर्थिक बर्षदेखि सेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजनसमेत गरेको छ ।”
सेवा केन्द्रमा तत्काल एकजना नेत्र सहायक नियुक्त गरी सेवा सुरु गरिएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री तथा उपकरण लायन्स आँखा सेवा केन्द्र गोरखाले उपलब्ध गराएको हो ।

















कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
Tractor hits man to death
One dies in motorcycle accident
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया