यू-१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ । मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको बिदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले भने, ‘छोटो समयको तयारीका बाबजुद विश्वकपमा छनोट हुनका लागि यो सुरुवातजस्तो भएको छ, एसिया कप खेल्नु पनि एउटा गौरवको क्षण हो । यू-१९ क्रिकेट पनि हाम्रो प्राथमिकतामा छ, युवा टोलीको भविष्य पनि नेपालको भविष्यसँग जोडिएको छ।’
पारसले दबाब नलिईकन क्षमता अनुसारको प्रदर्शन गर्न शुभकामना दिए । यू-१९ का खेलाडीहरू राष्ट्रिय टिमसम्मै खेल्न सफल भएका छन्।
त्यसैगरी यू-१८ का नवनियुक्त प्रशिक्षक शक्ति गौचनले टोली एसिया कपका लागि तयार भएको बताए । हेमन्त धामीले पनि १५ दिनको क्याम्प र कर्नाटकसँगको सिरिजले फाइदा पुगेको बताउँदै राम्रो तयारी भएको बताएका छन् । एसिया कपमा नेपालले श्रीलंका, बांङ्लादेश र अफगानिस्तानसँग खेल्ने छ ।
हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय पूर्व खेलाडी शक्ति गौचन छन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया