थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० घाइते
मेरोन्यूज
२०८१ मंसिर १४ गते १४:२९

काठमाडौँ । थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।
दुर्घटनामा परी तीन जना श्रमिकको घटनास्थलमै मृत्यु भएको तथा अन्य दश जना घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको सामुत साखोन प्रहरीका डेटचानाकोर्न चान्ताफुमले बताए।
दुर्घटनाको कारणबारे इन्जिनियर र प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ भने प्रारम्भिक अनुसन्धानमा अधिकारीहरूले अत्यधिक भारको कारणले दुर्घटना भएको आशङ्का गरेका छन् ।
गत मार्चमा बैङ्ककको पूर्वमा रहेको कारखानामा निर्माण कार्यका क्रममा क्रेन खस्दा सात जनाको मृत्यु भएको थियो ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया