रविलाई ६ घण्टा बयान गराएर फर्काइयो हिरासत
मेरोन्यूज
२०८१ मंसिर १४ गते १६:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।
दिउँसो साढे तीन बजे उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा फर्काइएको हो।६ घण्टा बयान गर्दा पनि नसकिएपछि उनलाई अब आइतबार पुनः सरकारी वकिल कार्यालयमा लगिने छ।
शनिबार बिदा भएकाले उनको बयान हुनेछैन। स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान गराएपछि पुनः पोखरा नै फर्काइने छ।
सम्बन्धित
प्रतिक्रिया