शिक्षक संघका पूर्वअध्यक्ष ज्ञवालीको अन्त्येष्टि, सभापति देउवाद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीको अन्त्येष्टि गरिएको छ ।
शुक्रबार राति हृदयाघातका कारण निधन भएका स्व ज्ञवालीको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि गर्नुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संघको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको थियो ।
स्व ज्ञवालीलाई काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री एवम् पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री डा. शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, काँग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
दुई कार्यकाल संघको नेतृत्व गर्नुभएका ज्ञवालीको ५९ वर्षको उमेरमा गए राति निधन भएको हो । गुल्मी स्थायी घर भएका ज्ञवालीले कास्कीमा शिक्षक रहँदा नै शिक्षक संघमा आबद्ध भई विसं २०५३ देखि २०५७ सम्म जिल्ला अध्यक्ष भएका थिए । यस्तै, विसं २०५७ देखि २०६१ सम्म शिक्षक संघको केन्द्रीय महासचिव र विसं २०६१ देखि २०६९ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष भएका थिए ।
उनी नेपाली काँग्रेस गुल्मीको महाधिवेशन प्रतिनिधिसमेत भएका थिए । पूर्वअध्यक्ष ज्ञवालीको निधनमा नेपाल शिक्षक संघले गहिरो दुःख व्यक्त गरेको छ । संघको आज बसेको आकस्मिक बैठकले ज्ञवालीको निधनले नेपालको शिक्षक आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ ।
बैठकले संघका सम्पूर्ण निकाय संघ, प्रदेश र स्थानीय तहमा १० दिनसम्म कुनै पनि कार्यक्रम नगर्ने र तीन दिनसम्म संघको झण्डा झुकाउने निर्णय गरेको केन्द्रीय अध्यक्ष सोमनाथ गिरिले जानकारी दिए ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया