आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा. कोइराला
मेरोन्यूज
२०८१ मंसिर १७ गते २१:५२

सप्तरी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताएका छन् ।
जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा आज राजविराजमा गरिएको विचार गोष्ठीमा नेता कोइरालाले संविधानमा सुधार र समावेशी सहभागितालाई संस्थागत गर्न कांग्रेस अघि बढ्न आवश्यक रहेको बताए ।
उनले सुशासन र आर्थिक विकासका लागि दुई ठूला दलले गठबन्धन गरेको उल्लेख गरे । पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमा हुनुपर्नेमा समेत उनले जोड दिए ।
त्यसअवसरमा जय नेपाल फाउण्डेसनका केन्द्रीय अध्यक्ष बद्री आचार्य, मधेस प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता र कोशी प्रदेशका सुनसरी, मोरङलगायत जिल्लाका नेता जिल्ला अध्यक्षको समेत सहभागिता थियो ।
सम्बन्धित
















हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया