मंगलबार पनि बढ्यो सेयर बजार
मेरोन्यूज
२०८१ मंसिर १८ गते १५:४८

काठमाडौं। सेयर बजार मंगलबार पनि बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १७ दशलमव ८० अंकले बढेर २,७७५ को विन्दुमा कायम भएको हो। नेप्से हिजो सोमबार पनि १९ दशलमव ९७ अंकले बढेको थियो ।
मंगलबार १४२ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै जानकी फाइनान्सको २६ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको २४ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सम्बन्धित















संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया