महन्थ ठाकुरले गरे आफू निकटका सांसदहरुसँग छलफल

काठमाडौं । जनता समाजवादी पार्टीका जसपा का अध्यक्ष महन्थ ठाकुरले आफू निकटका सांसदहरुको भेला बोलाएका छन् । उनले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुको भेला बोलाएका हुन् ।
अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा भइरहेको गतिविधिका बारेमा ब्रिफिङ गरेको बताइएको छ । सत्ता सहकार्यका विषयमा जसपाभित्र दुई धार देखिएको छ । पूर्व समाजवादी पार्टी अर्थात अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष नेकपा एमालेबाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्व राजपा अर्थात महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम देखिएका छन् ।
गण्डकी प्रदेशमा जनता समाजवादी पार्टीसमेत मिलेर मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ भने लुम्बिनी प्रदेशमा जसपाका ४ नेता मन्त्री नियुक्त भएका छन् ।
















Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया