एनपीएलमा आज पनि दुई खेल हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९:१५ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्ने छ ।
दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।
पोखराको यो दोस्रो खेल हो। यसअघि चितवन राइनोजसँग पराजित भएको थियो। काठमाडौँ गोर्खाजको तेस्रो खेल हो। पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौँले बुधबार कर्णालीलाई पराजित गरेको थियो।
सुदूरपश्चिमको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गरेको थियो।
काठमाडौँको मार्की खेलाडी करण केसी, सुदूरपश्चिमका दिपेन्द्रसिंह ऐरी, पोखरामा कुशल भूर्तेल, चितवनमा कुशल मल्ल कप्तानीमा छन्।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया