मंगलबार, वैशाख १६, २०८२

रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी 

मेरोन्यूज २०८१ मंसिर २१ गते २१:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मध्यराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको घटनाको छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । अस्वस्थ अवस्थामा जबरजस्ती गाडीमा राखेर बुधबार राती लामिछानेलाई प्रहरीले चितवनबाट पोखरा लगेको थियो । भोलिपल्ट मात्र पोखरा लगिने भन्दै आफन्त र कानून व्यवसायीलाई झुक्याएर पोखरा लगिएको थियो । 

सो घटनाको छानविन माग गरी लामिछाने पत्नी निकिता पौडेलले मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर लिखित उजुरी दिएका हुन्। 

सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा २ कात्तिकदेखि लामिछाने प्रहरी हिरासतमा छन् । उनलाई विभिन्न जिल्लामा लगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारको दबाबमा प्रहरीले उनलाई  आफन्तहरुसँग भेटघाट  गर्न कुरा गर्न समेत नदिएको रास्वपा नेताहरूको आरोप छ । 

उता, राष्ट्रिय मानव अधिकार आयोगको पोखरास्थित कार्यालयका प्रतिनिधिले शुक्रबार प्रहरी कार्यालयमा गएर लामिछानेलाई भेटेका छन् । भेटमा लामिछानेले चितवन प्रहरीले आफुमाथि अमानवीय व्यवहार गरेको भन्दै त्यसको वास्तविकता छानविन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया