राजनीतिक कोर्ष बदल्ने बेला आएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने बताए ।
आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उनले अब त्यो बेला आएको बताए ।
अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसदद होइन विज्ञ मन्त्री बन्ने व्यसस्थामा गएर मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने दाबी गरे ।
यसका आन्दोलन जरुरी रहेको र आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेमा उनको जोड थियो । उनले अरु दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमानदार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुँदै जानु निकै महत्त्वपूर्ण पक्ष रहेको बताए । यसपटक बिरोधीहरुले माओवादी केन्द्रलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै उनले अब पार्टी जनतातर्फ फर्कन सुरु गरेको बताए ।
यसले देशभर सकारात्मक प्रभाव परेको र केही जिल्लामा ६४ कै अवस्था फर्कने थालेको र त्यसको परिणाम उपनिर्वाचनले देखाएको उनले बताए । अझै मेहनत गरेर जाने हो भने देशैभरि यो अवस्था आउने उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने बताए । पार्टीको वैचारिक र नेतृत्वको केन्द्रीकरणले आगामी समाजवादी अभियान अघि बढाउन संभव हुने उल्लेख गर्दै उनले विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोड दिएर लैजानुपर्ने बताए ।

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया