मह बेचेर एक याममा १२ लाख आम्दानी गर्दै तुरुन्तपुरका दीपकुमार

दाङ । घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरी पालन गरेका छन् । उनले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । एक याममा रु. १२ लाखको मह बेच्ने उनको दैनिकी मौरीको हेरचाहमा नै बित्ने गरेको छ ।
उद्यमी मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने ८६ मौरीसहितका घार छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए । “परिवारको सहयोग छ, आफैँले सुरुमा रोल्पा हुँदा मौरी पालन तालिम लिएपछि व्यावसायिक मौरी पालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमा नै आएर लैजान्छन्”, किसान मगरले भने, “मौरी पालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”उनको फार्ममा युरोपीय, इटालियन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् ।
मौरी पालनबाट उनी वार्षिक रु. १२ लाख आम्दानी गर्न सफल भएका छन् । दुई-तीन वर्ष वैदेशिक रोजगारीमा रहँदा उनले त्यहाँ मौरी पालन गरेको देखेर स्वदेश फर्केर त्यही व्यवसाय थालेको बताए । उनले २०५७ सालमा मौरी पालन थाल्दा जिल्लामा १७ जना व्यावसायिक रूपमा मौरी पाल्ने किसान थिए । व्यावसायिक रूपमा मौरी पालन थालेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको अनुभव छ ।
साथै उनले मौरी पालनका निम्ति आवश्यक पर्ने घार लगायत सामग्री पनि बनाउने गरेका छन् । ती सामान रोल्पा, सल्ल्यान, प्युठानलगायत जिल्लाका मौरी पालक किसानले खरिद गर्दै आएका उनले बताए ।
नेपाल मौरी पालक महासंघ दाङ शाखाले यस वर्षको महको मूल्य निर्धारण गरेको छ । तोरी स्रोतको रु. पाँच सय र जंगली स्रोतको रु. छ सयमा नघट्ने गरी मूल्य तोकिएको उक्त शाखाले जनाएको छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया