आइतबार, वैशाख २०, २०८३

दमास्कसस्थित इरानी दूतावासमा आक्रमण

मेरोन्यूज २०८१ मंसिर २३ गते १८:३४

दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement
NiccNicc

इस्लामिक नेतृत्वको विद्रोहीले तेहरानको सहयोगी बसर अल असदको पतन भएको घोषणा गरेपछि सिरियास्थित इरानको दूतावासमा आइतबार आक्रमण भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

“अज्ञात व्यक्तिले इरानी दूतावासमा आक्रमण गरेका छन्, जुन तपाईंले विभिन्न सञ्जालले साझा गरेका यी तस्बिरमा देख्न सक्नुहुन्छ,” इरानी सरकारी टेलिभिजन कूटनीतिक परिसरभित्रबाट आएको भनिएको फुटेज देखाउँदै भनेको छ।

कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दावी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।

सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे।

बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भने, “राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नुभएको छ ।”

प्रतिक्रिया