शुक्रबार, जेठ २, २०८२

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

मेरोन्यूज २०८१ मंसिर २४ गते ९:३२
काठमाडौँ, २८ वैशाख : नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

 बैठक आज बिहान ९ बजेका लागि बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुने बताइएको छ । सोही बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने छ ।

प्रतिक्रिया