सिरियाको भविष्य सिरियालीले निर्धारण गर्नेछ : राष्ट्रसङ्घ प्रमुख

काठमाडाैँ । उनले सिरियामा व्यवस्थित राजनीतिक संक्रमण सुनिश्चित गर्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे।
काठमाडौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका प्रमुखले ‘यस संवेदनशील घडीमा शान्ति कायम गर्न र हिंसाबाट बच्न र सबै सिरियाली नागरिकको अधिकारको रक्षा गर्न’ आफ्नो आह्वान दोहो¥याए।
कूटनीतिक तथा कन्सुलर परिसर र कर्मचारीको सुरक्षालाई अन्तर्राष्ट्रिय कानुनअनुसार सबै अवस्थामा सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “कुनै पनि राजनीतिक सङ्क्रमण समावेशी र व्यापक छ र यसले सिरियाका जनताको सबै विविधतामा वैध आकाङ्क्षाहरू पूरा गर्दछ भन्ने सुनिश्चित गर्न हामीलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन को आवश्यकता हुनेछ।”
“सिरियाको सार्वभौमिकता, एकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डता लाई पुनस्र्थापित गर्नु आजको पहिलो आवश्यकतामा पर्छ,” गुटेर्रेसले भने ।
संयुक्त राष्ट्रसङ्घले यस द्वन्द्वको चपेटामा परेकाहरूको स्मृतिको सम्मान गर्ने बताउँदै उनहाँले सिरियालीहरूलाई मेलमिलाप, न्याय, स्वतन्त्रता र समृद्धि सबैका लागि साझा वास्तविकता भएको देश निर्माण गर्न सहयोग गर्न आफुहरू प्रतिबद्ध रहेको बताए । यो सिरियामा दिगो शान्तिको मार्ग हो ।
















नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया