आज पनि घट्याे सेयर बजार, काराेबार रकम साढे ५ अर्बमाथि
मेरोन्यूज
२०८१ मंसिर २४ गते १६:०८

काठमाडौं । सेयर बजार लगातार ओरालो लागिरहेको छ। नेप्से परिसूचक आज पनि १२.८४ अंकले घटेर २६७६.१५ को विन्दुमा बन्द भएको छ।
आज नेप्से उपसमूहमा रहेका ५ वटा समूह उकालो लागेका छन् भने ८ वटा समूह ओरालो लागेका छन्। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.०६ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा सर्वाधिक १.६७ प्रतिशतको गिरावट देखिएको छ।
बजारमा आज ९२ कम्पनीको शेयरभाउ बढ्दा १३८ वटाको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
दोहोरो अंकले घटेको बजारमा आज इमर्जी नेपालका शेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो कम्पनीको शेयरभाउ ८.७६ प्रतिशतले बढेको छ।
उता स्वाभिमान लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो लघुवित्तको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ।
आज बजारमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया