रूसमा सिरियाली राष्ट्रपति असद भए नभएको पुष्टि गर्न क्रेमलिनद्वारा अस्वीकार

मस्को । सिरियाली राष्ट्रपति बसर अल असद भागेर मस्को पुगेको भन्ने समाचारको पुष्टि गर्न क्रेमलिनले सोमबार अस्वीकार गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भने, ‘असद कहाँ छन् भन्ने बारेमा मैले तपाईंलाई केही भन्न सक्दिन ।’
कुर्दिस इस्लामवादी नेतृत्वको विद्रोही समूह दमास्कसमा प्रवेश गरेपछि देश छोडेर भागेको केही घण्टापछि नै असद र उनको परिवार मस्कोमा रहेको क्रेमलिन स्रोतले आइतबार रूसी समाचार निकायलाई जानकारी दिएको छ । असदका छोरा रूसको राजधानी मस्कोमा अध्ययन गरिरहेका छन् ।
पेस्कोभले भने, ‘यदि रूसले असद र उनको परिवारलाई शरण दियो भने यो रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लिने निर्णय हुनेछ ।’
पेस्कोभले भने, ‘राष्ट्रप्रमुख बिना यस्ता निर्णय गर्न सकिंदैन र यो उनको निर्णय हो ।’ उनले पुटिनको एजेन्डामा असदसँग कुनै भेटघाट गर्ने कार्यक्रम नभएको बताए ।
रूसले युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचसहित कैयौँ अपदस्थ नेतालाई आश्रय दिएको छ । पछिल्ला केही दिनयता सिरियामा भएका नाटकीय घटनाबारे संक्षिप्त टिप्पणी गर्दै पेस्कोभले क्रेमलिन आश्चर्यचकित भएको बताए ।
उनले भने, ‘जे भयो, त्यसले पूरै विश्वलाई आश्चर्यचकित बनाएको छ र यस मामिलामा हामी पनि यसको अपवाद होइनौँ ।’
रूसले सिरियामा रणनीतिक रूपमा महत्त्वपूर्ण सैन्य र नौसैनिक शिविरहरू राखेको छ, जहाँबाट उसले सन् २०१५ मा असदको पक्षमा सैन्य हस्तक्षेप सुरु गरेको थियो ।
पेस्कोभले भने, ‘अब सिरियामा अस्थिरताका कारण निकै जटिल समय आउनेछ ।’
रूसको सैन्य अखडाको अवस्था के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले नै केही भन्न सकिने अवस्था छैन । यो सिरियामा सत्तामा रहने जो कोहीसँग छलफलको विषय हो ।’
क्रेमलिनका प्रवक्ताले ती अखडाको सुरक्षा निकै महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘हामी सुरक्षा प्रदान गर्न सक्ने व्यक्तिसँग सम्पर्क गर्न सम्भव र आवश्यक सबै काम गरिरहेका छौं । हाम्रो सेनाले पनि सावधानीका उपायहरू अपनाइरहेको छ ।’
क्रेमलिन स्रोतलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले आइतबार असदलाई सत्ताच्युत गर्ने विद्रोहीहरूले ‘सिरियाको भूमिमा रूसी सैन्य अड्डा र कूटनीतिक संस्थाहरूको सुरक्षाको प्रत्याभूति’ दिएको बताएका थिए।
मस्कोस्थित सिरियाली दूतावासले सोमबार उक्त भवनमा विपक्षीको झन्डा फहराएको थियो भने एक प्रवक्ताले उक्त कार्यालयबाट सामान्य रूपमा सेवा सञ्चालन भइरहेको बताए ।
पेस्कोभले सिरियामा विद्रोही सेनालाई समर्थन गर्ने टर्कीएसँग रूस ‘वार्तामा रहेको’ बताउँदै भने, ‘यहाँ सबै देशसँग वार्ता कायम राख्नु महत्त्वपूर्ण छ । हामी स्थितिको विश्लेषण दृढतापूर्वक वार्ता तथा निर्णयमा पुग्नेछौँ ।’











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया