सोमबार, चैत २, २०८२

नासा नेपाललाई एफआईएमको प्रतिष्ठित अवार्ड प्रदान

मेरोन्यूज २०८१ मंसिर २४ गते २१:०३

काठमाडौं। नेपालको मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले अन्तर्राष्ट्रिय  मोटरसाइकल मआसंघ; फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईकल (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

स्पेनको तटिय पर्यटकीय शहर पालमा मालोरकामा सम्पन्न महासंघको १ सय २० औं स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको छ।

सन् २०२४ का सम्पुर्ण अन्तर्राष्ट्रिय ईभेन्टका विजयीलाई एफआईएमले साधारण सभाको सन्दर्भमा अवार्ड वितरण गर्ने गर्दछ। जहाँ वुमन ईन मोटरिङ ईन नेपालका लागि एफआईएम वुमन अवार्ड सहित मोबिलिटी र पब्लिक पोलिसी, फ्युचर ईन मोटरसाईक्लिङ, वातावरण र दिगोपन जस्ता चार वटा अवार्ड समेत वितरण गरिएको छ।

विश्वको एकमात्र मोटरसाईकल फेडेरेसनको सो अवार्ड कार्यक्रममा एक सय बढी देश र एक हजार भन्दा बढीको सहभागीता रहेको थियो।

नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईलाई एफआईएम वुमन ईन मोटोसाईक्लिङकी प्रमुख लातभियाकी यनिका यूले अवार्ड प्रदान गरेकी हुन्।

नेपाली खेलकुदको केन्द्रीय संघमा पहिलो एक तिहाई महिला नेतृत्वको वैधानिक व्यवस्था गरेको, मोटरसाईकलमार्फत महिला शसक्तिकरणको अभियान चलाएको, रेसिङ्ग, र्याली र रोड सेफ्टिमा महिला सहभागिता र नेतृत्त सुनिश्चित गरेको, संघका विभिन्न कमिसनमा महिला नेतृत्व रहेको तथा महिला कमिसन र छुट्टै नियमित सहयोग कार्यक्रम गरेको आधारमा अवार्ड प्रदान गरिएको नासा नेपालका कार्यकारी निर्देशक भट्टराईले जनाएका छन्।

अधिकांश खेलकुद महासंघका एजेण्डामा पश्चिमा देशहरुको नेतृत्व रहिरहेको समयमा टू ह्विल टुरिङ, वुमन ईन मोटरिङ र रोड सेफ्टी जस्ता विषयमा नेपाली खेल संघ नासा नेपालको भुमिका प्रशंसनीय मानिएको छ।

विगत १६ वर्षअघि स्थापित नासा नेपाल अन्तराष्ट्रिय अटोमोबाईल फेडेरेसन (एफआईएम), युनियन ईन्टरनेसनल मोटोरबोटिङ (यूआईएम) र ईन्टरनेसनल मोटरसाईकल फेडेरेसन (एफआईएम) जस्ता महासंघहरुमा आबद्ध छ। अवार्ड ग्रहण गर्दै कार्यकारी निर्देशक भट्टराईले यस अवार्ड सम्पुर्ण नेपाली खेलकुद, अटोमोबाईल, राईडर, ड्राईभर, अफिसियल र मार्सलहरुको र खासमा महिलाहरुको लागि ऐतिहासिक क्षण रहेको बताए।

प्रतिक्रिया