श्रीलङ्का नौसेनाले पक्राउ गरेका २१ जना भारतीय मछुवा रिहा

काठमाडौँ । श्रीलङ्का नौसेना द्वारा पक्राउ परेका २१ जना भारतीय मछुवाहरूलाई सफलतापूर्वक स्वदेश फिर्ता गरिएको भारतीय उच्चायोगले जनाएको छ ।
कोलम्बोमा रहेको भारतीय उच्चायोगले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट साझा गरेको छ, “श्रीलङ्काबाट २१ भारतीय मछुवाहरूको समूह सफलतापूर्वक स्वदेश फिर्ता गरिएको छ । तिनीहरू हाल घर फर्कने क्रममा छन् ।”
यसअघि डिसेम्बर ८ मा श्रीलङ्काको नौसेनाले रामनाथपुरमको तटबाट आठ भारतीय मछुवा र दुईवटा डुङ्गा कब्जामा लिएको थियो ।
पक्राउ पर्नेमा रामानाथपुरमका मङ्गाडु भत्रप्पन ९५५०, रेड्डीयुरानी, कन्नन ९५२०, चिन्ना रेड्डीयुरानी मुथुराज (५५), अगस्तियार कुतम काली ९५०० र थङ्गाचिमाड यासिन ९४६० येशू, उचिपुल्ली रामकृष्णन रहेका छन् ।
श्रीलङ्काली नौसेनाले भारतीय मछुवाको गिरफ्तारी तमिलनाडु सरकार र भाजपा नेतृत्वको केन्द्र सरकार दुवैका लागि चिन्ताको विषय बनेको छ । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले यस विषयमा विदेशमन्त्री जयशङ्करलाई पटकपटक पत्र लेखेका छन् ।
सीएम स्टालिनले माछा मार्नेहरूलाई हिरासतमा लिनु र उनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर सङ्कट र अनिश्चितता सिर्जना गरेको बताएका छन् । “हाम्रा माछा मार्नेहरूलाई थुनामा राख्ने र तिनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर पीडा र अनिश्चितता निम्त्याएको छ । मैले बारम्बार दोहो¥याएको छु कि कूटनीतिक तवरले यो समस्या समाधान गर्न ठोस र सक्रिय कदम चाल्नु पर्छ,” उनले थपे ।
उनको पत्रको जवाफ दिँदै जयशङ्करले यस मुद्दामा सक्रिय कारबाही गर्ने आश्वासन दिए। कोलम्बोमा रहेको भारतीय उच्चायोग र जाफनास्थित महावाणिज्य दूतावासले हिरासतमा रहेका व्यक्तिहरूको चाँडो रिहाइका लागि ती मुद्दाहरू द्रुत र निरन्तर रूपमा उठाइरहेका छन् ।
















नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया