तनहुँमा ५० बढी काँग्रेस कार्यकर्ता माओवादी प्रवेश

तनहुँ । तनहुँमा ५० जनाभन्दा बढी काँग्रेस कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ऋषिङ गाउँपालिका–१ झापुटारमा सोमबार र आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनीमा मंगलबार आयोजित माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारीसभामा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले टीका र माला लगाएर स्वागत गरे । झापुटारमा श्यामला थापासहित २७ जना र आँबुखैरेनीमा पदम नेपालीसहित २५ जना पार्टी प्रवेश गरेको माओवादीले जनाएको छ ।
कार्यक्रममा पुनले वर्तमान काँग्रेस–एमाले गठबन्धनको सरकार भ्रष्टाचार, राज्य दोहन र बेचबिखनमा संलग्न आफ्ना मान्छेहरुको संरक्षण र स्वार्थ समूहको चाहनामा सरकार अघि बढेकाले जनता ती पार्टीहरुको विकल्पको खोजीमा रहेको बताए ।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले १८ महिनामा सुशासन, भष्टाचार अन्त्य तथा राज्य दोहनमा संलग्न शक्तिशाली भनिएका व्यक्ति तथा सामन्ती प्रथाका रुपमा व्याप्त मिटर ब्याजमा संलग्नमाथि अनुसन्धान र कारबाही गरेका कारण जनताले फेरि एकपटक माओवादी केन्द्रलाई विकल्पको रुपमा रोज्ने अवस्था आएको बताए । वर्तमान सरकार गठन भएपछि हरेक साताजसो भ्रष्टाचार, बेथिती र अनियमितताका घटना सार्वजनिक हुन थालेको टिप्पणी पुनको थियो ।















छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया