सोमबार, चैत २, २०८२

शेयर बजारको लगातारको गिरावटमा लाग्यो ब्रेक, उच्च अंकको वृद्धिसँगै नेप्से फेरि २७०० माथि

मेरोन्यूज २०८१ मंसिर २६ गते १५:२७

काठमाडौं । शेयर बजारको लगातारको गिरावट बुधबार ब्रेक लागेको छ। आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ को विन्दुमा बन्द भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बजार उच्च अंकले बढ्दा कारोबार पनि बढेको छ। आज ५ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

यो दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। आज बैंकिङ सेक्टर सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समूह ०.३४ प्रतिशतले घटेको छ।

बजारमा आज २११ कम्पनीको शेयरभाउ बढेको छ भने २९ वटाको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

न्यादी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरमा करिब १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्दा खानीखोला हाइड्रोपावरको शेयरभाउमा करिब १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको छ।

आज बजारमा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३६ करोड १५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

प्रतिक्रिया