युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त
मेरोन्यूज
२०८१ मंसिर २६ गते १६:४७

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन्।
आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।
नवनियुक्त सीईओ गौतमसँग विगत ३ दशकभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत सीईओको कार्यभार सम्हालेको अनुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन्।
कार्यानुभव तथा कार्यसम्पादनको मूल्यांकन गर्दै गौतमलाई सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने विश्वास राख्ने गौतम कर्मचारीको टिम वर्कमा विश्वास गर्छन्।
गौतमको सीईओमा नियुक्तिसँगै कम्पनीले थप उपचाइ लिने कम्पनीको विश्वास छ।
सम्बन्धित









एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको सर्यो समय
ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया