रूसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा

बेइजिङ । रूसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरूसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आएको चिनियाँ विदेश मन्त्रालयले बुधबार जनाएको छ ।
“रूसी पूर्व राष्ट्रपति मेदभेदेवको चीन भ्रमण चीन र रूसबीचको महत्वपूर्ण उच्चस्तरीय विचारहरूको आदानप्रदान हो,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने ।
माओले रूसी सुरक्षा परिषद्को उपप्रमुखका रूपमा कार्यरत पूर्व राष्ट्रपतिका लागि तय गरिएको यात्रा कार्यक्रम वा बैठकका बारेमा थप जानकारी दिएनन् ।
सन् २०२२ को डिसेम्बरपछि मेदभेदेवको यो पहिलो चीन भ्रमण हो र भ्रमणका क्रममा चिनियाँ सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता र छलफल हुने उनी बेइजिङका लागि छुट्नु अगाडी रूसको सरकारी समाचार संस्था तासले जनाएको थियो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा छिमेकी मुलुक युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि नै चीनले आफूलाई अमेरिका र अन्य पश्चिमा राष्ट्रको विपरीत तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।
चीन रूको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार रहेको छ, जसले गर्दा केही नेटो सदस्य राष्ट्रहरूले बेइजिङलाई युद्धको ‘प्रोत्साहनकर्ता’ को रूपमा चित्रण गरेका छन् । बेइजिङले युक्रेन आक्रमणको कहिल्यै निन्दा गरेको छैन ।
सी राजनीतिक प्रणालीमा मेदभेदेवको सीमित भूमिका छ ।













नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया