कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदलाई पार्टीबाट हटाउने तयारी

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाट हटाउने तयारी थालेको छ । एकाले कर्णाली संसदीय दलको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हंटाउन लागेको हो ।
आज बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई कारबाही गर्ने जनाइएको छ । उनीहरुले गतसाता पार्टीको निर्देशन उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । शाहीलाई विश्वासको मत दिने चारैजना प्रदेश सरकारका मन्त्री बनिसकेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकमा कर्णाली प्रदेशका ५ सहित ३२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे विश्लेषण गर्नुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । एमाले स्रोतका अनुसार फ्लोर क्रस गर्ने चार जना सांसदलाई कारवाही निश्चित छ । तर अरुलाई छलफलपछि नै निर्णय हुने भनिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच संवाद भइरहेकाले तत्कालै कारवाही नहुने देखिन्छ ।
वैशाख ६ गते बसेको बैठकले माधव नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।










कम्बोडियामा बर्ड फ्लूबाट युवकको मृत्यु
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
फूलखेतीबाट वार्षिक ८ लाख आम्दानी गर्दै धनगढीकी सुशीला
एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया